Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


मेस्किोमा जेनजी आन्दोलनमा झडप हुँदा १२० जना घाइते


156
Shares

एजेन्सी। मेक्सिकोमा बढ्दो अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउम प्रशासनको विरोधमा जेनजी युवाहरुको आन्दोलन चर्किएको छ।

प्रदर्शनकारी र प्रहरीबीच ब्यापक झडप भएको हाे। झडपमा परी १ सय २० जना घाइते भएका छन् । घाइते मध्ये १ सय जना प्रहरी अधिकृत नै भएको जनाइएकाे छ। हज्जारौं प्रदर्शनकारी राजधानीतर्फ अघि बढिरहेका छन् । राष्ट्रपति शेनबाम प्रशासनले मेक्सिकोमा लालेको एकाधिकारको विरुद्धमा जेनजी युवाहरु प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुलाई विभिन्न तह र तप्काका नागरिकहरुले समर्थन गरेका छन् । उरुपानका मेयर कार्लोस मान्जोको केही साता अघि हत्या भएपछि जेनजी आन्दोलन भड्किएको हो। राष्ट्रपति शेनबाउम प्रशासनले भने दक्षिणपन्थी राजनीतिज्ञहरुले प्रदर्शनलाई आर्थिक सहयोग दिएको आरोप लगाउनुभएकाे छ।