काठमाडौं । नेपाली कांग्रेसले पार्टी प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नजाने भएको छ।
विघटित प्रतिनिधिसभाका सभामुख घिमिरेसँग आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भेटेका हुन् । साेही भेटका क्रममा प्रमुख सचेतक घिमिरेले पार्टीमा प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा एक मत नभएका कारण त्यसमा जान नसकिने बताउनुभयाे। अनौपचारिक भेटमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र इतर समूह र महामन्त्री गगन थापाले पुनर्स्थापनामा जान नमानेकाले पुनर्स्थापनामा जाने निर्णय नगर्ने जानकारी गराउनुभएकाे हाे।
प्रमुख सचेतक घिमिरेले सभामुख घिमिरेसँग भेटेपछि पार्टी नेताहरूलाई कांग्रेसले पुनर्स्थापनाको पक्षमा निर्णय नलिने जानकारी सभामुख घिमिरेलाई गराएको एक नेताले जानकारी दिएका छन् । एमाले प्रमुख सचेतक बर्तौलाले सभामुख घिमिरेसँगको भेटमा समसामयिक राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिनुभयाे।




प्रतिक्रिया दिनुहोस्