काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिने बताउनुभएकाे हाे। यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो। साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन भनेको थियो।
आयोगले आइतबारसम्म १ सय २२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ। प्रवक्ता भट्टराईले सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ राजनीतिक दल दर्ता भएकाे र ७ वटा नै यसअघि कायम भएका दल खारेज भएको बताउनुभयाे। थप २८ वटा दल दर्ता प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभएकाे छ।
साेही दलको सनाखत र कागजात रुजुको काम भइरहेको आयाेगले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्