Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मधेशका मुख्यमन्त्री यादवविरूद्ध रिटकाे सुनुवाइ भाेलि हुने


208
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ सोमबारका लागि सरेको छ।

आइतबार हुने भनिएको सुनुवाइमा अर्को मिसिल पनि साथै राख्नुपर्ने भएका कारण आगामी मंसिर १ गतेका लागि सरेको वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले जानकारी दिनुभएकाे हाे। रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो। मधेश प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना सांसदले मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध गत मंगलबार सर्वोच्च अदालतमा दर्ता गराएका थिए।

यसअघि यादव विरूद्धको रिटमा सर्वोच्चले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको थियाे। रकीप्रसाद साह समेतले गत सोमबार दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।

नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च काे नियमावली, २०७४ को नियम ४९ ९२० ९क० बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ।