Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


कार्की नेतृत्वको सरकारलाई निर्वाचन गराउने अधिकार छैन: अध्यक्ष ओली


507
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नभएकाे दावी गर्नुभएकाे छ।

भक्तपुरकाे गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा आइतबार अध्यक्ष ओलीले यस्ताे दावी गर्नुभएकाे हाे। सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताउदै उहाँले निर्वाचन गराउने अधिकार नरहेको जिकिर गर्नुभयाे। एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको बताउदै उहाँले आफ्नाे पार्टी निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएकाे छ । देशको सबै भन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि उहाँले स्पष्ट पार्नुभयाे।

यति धेरै हतियार लुटिएको र धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उहाँकाे भनाइ थियाे। अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ भन्दै उहाँले प्रश्न समेत गर्नुभएकाे छ। हामी सबैले सबैका लागि विघटित प्रतिनिधिसभाको तत्काल पुनःस्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्नेमा उहाँकाे जाेड थियाे।

अध्यक्ष ओलीले सबैले तत्काल विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताउनुभएकाे छ।