Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


सुनको मूल्य ह्वात्तै घट्याे, कतिमा हुँदैछ काराेबार ?


0
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ ।

चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते नै चाँदी हालसम्मकै उच्च ३ हजार ३५० रुपैयाँ पुगेको रेकर्ड छ ।