Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


बेलायतमा शरणार्थीहरुको लागि नयाँ नियम लागू


819
Shares

काठमाडौं ।

बेलायतमा शरणार्थीको रुपमा बस्दै आएका व्यक्तिहरुले स्थायी बसोबासका लागि आवेदन दिन २० वर्ष कुनुपर्ने भएको छ ।

बेलायतको गृह मन्त्रालयले परिमार्जन गर्न लागेको शरणार्थी स्थायी बसोबास सम्बन्धी नियममा यस्तो ब्यवस्था गर्न लागेको हो ।

शरणार्थी सम्बन्धी स्थायी बसोबास सम्बन्धी नियम गैरकानुनी बेलायत प्रवेश गर्ने मानिस रोक्नका लागि ल्याउन लागिएको हो । हाल बेलायतमा पाँच वर्ष अस्थायी रुपमा बसोबास गरेकाहरुले स्थायी बसोबासका लागि आवेशन दिन पाउने व्यवस्था छ ।

नयाँ नियम अनुसार २० वर्ष बेलायत बसेकाहरुको सरकारी अधिकारीले समिक्षा गरेपछि मात्र स्थायी बसोबासका लागि आवेदन दिन सक्नेछन ।

अस्थायी बसोबास गर्नेहरुले बेलायतको नियम नमानेमा वा उ जन्मेको देशमा कुनै प्रकारको समस्या नभएमा फिर्ता पठाइने बताइएको छ । बेलायतमा पछिल्लो समय गैरकानुनी रुपमा प्रवेश गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।