काठमाडाैं ।
एभरेष्ट महिला भलिबल लिगको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि साविक विजेता कर्णाली यशविज र ललितपुर क्वीन्स भिड्नेछन् । यो खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे शुरु हुनेछ ।
लिग चरणको शीर्ष दुई स्थानमा रहँदै यी दुई टोलीले फाइनल खेल्न लागेका हुन् । हिजो भएको लिग चरणको अन्तिम खेलमा पनि यनी दुई टोली भिडेका थिए ।
उक्त खेल कर्णालीले ३–१ को सेटमा जितेको थियो । गत भदौ २० गते पोखरामा शुरू भएको प्रतियोगिता २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो ।
बाँकी खेलहरु बुधबारबाट काठमाडौंमा खेलाईएको हो । प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी थिए ।




प्रतिक्रिया दिनुहोस्