Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


ट्रकको ठक्करबाट ८ जनाको मृत्यु


1.6k
Shares

एजेन्सी ।
भारतमा ट्रकको ठक्करबाट ८ जनाको मृत्यु भएको छ । भारतको दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा आगो लागेको ट्रकले अन्य सवारी साधनहरूलाई ठक्कर दिँदा आठ जनाको मृत्यु भएको हो ।

अन्य १५ जना घाइते भएका स्थानीय प्रहरीले बताएको छ । दुर्घटना मुम्बई–बेङ्गलुरु राष्ट्रिय राजमार्गमा महाराष्ट्रको पुणे जिल्लाको नवले पुलमा भएको हो । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।