Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


क्रोएसिया विश्वकप फुटबलमा छनौट


104
Shares

काठमाडौं ।
फारो आइल्याण्डलाई हराउँदै क्रोएसिया अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ ।

क्रोएसियाको रिजेकामा गएराति भएको खेलमा घरेलु टोली ३–१ ले विजयी भयो । खेलमा क्रोएसियालाई विजयी गराउन जस्को भार्डीयोल, पिटार मुसा र निकोला भ्लासिचले एक एक गोल गरे । फारो आइल्याण्डका गेजा डेभिड टुरीले पहिलो गोल गरेका थिए ।

जितसँगै क्रोएसियाले समुह ‘एल’ मा ७ खेलबाट १९ अंक जोड्यो । एक खेल बाँकी छँदा दोस्रो स्थानको चेक गणतन्त्रसँग १३ अंक मात्रै छ । गएराति भएका अन्य खेलहरुमा विजयी हुँदै जर्मनी र नेदरल्याण्ड्स पनि विश्वकप नजिक पुगेका छन् ।
समुह ‘ए’ को खेलमा जर्मनीले लक्जेम्बर्गलाई २–० ले हराउँदा स्लोभाकियाले नर्दन आयरल्याण्डमाथि १–० को जित निकाल्यो । यसैगरि समुह ‘जि’ को खेलमा नेदरल्याण्ड्स र पोल्याण्डले १–१ गोलको बराबरी खेल्दा माल्टाले फिनल्याण्डमाथि १–० को जित निकाल्यो ।