Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपियो (विज्ञप्तिसहित)

२ लाख ५७ हजार बढी नयाँ मतदाताकाे नाम दर्ता

247
Shares

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने क्रम जारी रहेकाे छ।

यसैबीच गत असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यहि कात्तिक ३० गतेसम्मका लागि कायम गरिएकोमा कात्तिक २८ सम्म कुल २ लाख ५७ हजार ५ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकहरूको सहजता र सुविधाका लागि आयोगको शुक्रबारको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि आगामी मंसिर ५ गते सम्मका लागि थप गरेको छ।

थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचय पत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेको प्रि-रजिस्ट्रेसन सिस्टममार्फत आवेदन गर्न सकिने आयोगले जनाएको छ।