Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


स्काउट-खड्का ल्याण्ड विवाद: ४ वर्ष अघि नै कम्पनीबाट अलग भएकाे कांग्रेस नेता खड्काको दावी


910
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसाबले आफूसँग नजोडिएको स्पष्टिकरण दिनुभएको छ।


काठमाडाैंमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरु आफूले सम्हालेको भएपनि ४ वर्ष अगाडि नै कम्मपनीबाट आफू अलग भएको दावी गर्नुभएकाे हाे। स्काउटलाई जग्गाको भाडा नियमित रुपमा तिर्दै आएको भएता पनि आफूलाई तत्कालीन अवस्थादेखि नै राजनीतिक पूर्वाग्रह राखेर निकाल्न खोजिएको कारण ४ वर्ष अगाडि नै आफ्नो नामको शेयर स्वामित्व बेचेर बाहिरिएको उहाँकाे भनाइ थियाे । खड्का ल्याण्ड आफूले स्थापना गरेको र नामसँग मिल्दोजुल्दो भएकै कारण आफूलाई जोड्ने गरिएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएकाे छ।

काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गामा नेता खड्का संलग्न कम्पनीले निर्माण गरेका संरचनामा काठमाडौं महानगरपालिकाले बिहीबार डोजर लगाएर भत्काएको थियो । नेता खड्काले स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएको भएता पनि लामो समयदेखि भाडा नतिरेको भन्दै महानगरले डोजर चलाएको हो।