Logo २८ कार्तिक २०८२, शुक्रबार | Fri Nov 14 2025


बागमतीसहित ३ प्रदेशमा दिउँसाे र राति आंशिक बदलीकाे सम्भावना

बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने

221
Shares

काठमाडाैं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा शुक्रबार राति भने आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे हाे।

शुक्रबार बिहान देशैभरी कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नहेको महाशाखाले जनाएकाे छ।