Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालको निर्देशन

उपचारको प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गर्न सरकारसँग घाइतेकाे आग्रह

221
Shares

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई चुस्त बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिनुभएको छ।

प्रहरी महानिरीक्षकको दज्यार्नी चिह्नबाट विभूषित भएपछि कार्कीलाई गृहमन्त्री अर्यालले प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी भूमिका खेल्न निर्देशन दिनुभएको हो। सोही क्रममा प्रहरी महानिरीक्षक कार्कीले सरकारको निर्देशनको परिधिभित्र रहेर आफू र आफ्नो संगठन सधैं शान्ति सुव्यवस्था कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यसैबीच, गृहमन्त्री अर्याल र प्रहरी महानिरीक्षक कार्कीले जेनजी आन्दोलनका घाइते तथा जेनजी प्रतिनिधिसँग भेटवार्ता गरेका छन् । सोही भेटमा घाइतेहरुले उपचारको प्रबन्ध र जेनजीका न्यायोचित मागको सम्बोधन गरिदिन आग्रह गरेका थिए।