Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


निर्वाचन आयोग र राजनीतिक दलबीचकाे दोस्रो चरणको छलफल (तस्बिरसहित)

छलफल आगामी निर्वाचनकाे बारेमा विशेष केन्द्रित

247
Shares

काठमाडाैं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको दाेस्रो चरणको छलफल गरेकाे छ।

निर्वाचन आयोगमा बिहीबार राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको हो। यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग आयोगले छलफल गरेको थियो। बिहीबारको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसा भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा एमालेबाट खगराज अधिकारी र नेपाली कम्युनिष्ट पार्टीबाट लिलामणि पोखरेल लगायतका नेताहरुको सहभागीता छ।

अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको छ। तर सरकार निर्वाचनको वातावरण बनाउन नलागेको आरोप राजनीतिक दलहरुले लगाउँदै आएका छन् । एमालेले संसद पुनःस्थापनाको पक्षमा निर्णय गरेर अदालत जाने बताइसकेको छ। यसअघि बुधबार मात्रै निर्वाचनकाे बारेमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेको थियो।