Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


देशमा भयरहित वातावरण सिर्जना गर्न सरकारलाई संसदीय समितिको निर्देशन


234
Shares

काठमाडाैं । संसदीय समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सरकारलाई भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको हो । सरकारको तर्फबाट समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी हुनुहुन्थ्यो । मन्त्री अर्यालसँग समितिले आगामी निर्वाचनको तयारीबारे जानकारी लिएको छ।

समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले आगामी निर्वाचन स्वच्छ, निष्पक्षका साथ पूर्ण रुपमा सम्पन्न गर्नको लागि प्रहरकिो मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरु संकलन गर्न र हात हतियार लुट्नेहरुको खोजी गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो। कारागारबाट भागेका कैदीबन्दीलाई पुनः कारागारमा ल्याइ देशमा भयरहित वातावरण सिर्जना गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई उहाँले निर्देशन दिनुभएकाे छ।

समितिले शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारीकाे सम्बन्धमा सरकारसँग छलफल गरेको हो।