हरि शर्मा
नवलपरासी।
आफ्नै स्कुल बसमा ठोकिएर एक विद्यार्थीको मृत्यु भएको छ ।
नवलपरासीको सुनवल नगरपालिकास्थित द पाइनियर सेकेण्डरी इङ्लिस बोडिङ् स्कुलमा एलकेजीमा अध्ययनरत चार वर्षीय सुभम कुँवरको बसमा ठोकिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिनुभएकाे छ ।
पैसा हातमा लिएर बसबाट ओर्लिएका उनी दक्षिणतर्फ रहेको घर नगई दौडिएर विपरीत दिशामा रहेको पसलमा खानेकुरा किन्न जाने क्रममा बसको पछाडि भागमा ठोकिदा उनी घाइते भएका थिए । सुनवल नगरपालिका– ४ हडाहा बस्ने सन्तोष कुँवरका छोरा सुभमको उपचारका क्रममा देवदह मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्