काठमाडौं, असोज ६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समाजकल्याण परिषदले आफ्नो उद्देश्यअनुरुप काम गर्न नसकेको बताएकी छन् ।
३९औं सामाजिक सेवा दिवसका अवसरमा शनिबार परिषदमा आयोजित कार्यक्रममा मन्त्री थापाले विशुुद्ध समाजकल्याणको उद्देश्यले स्थापना भएको परिषदले सही ढंगले काम नगर्दा आलोचित बन्दै गइरहेको बताइन् ।
उनले परिषदका काम–कारबाहीबारे सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गरिहेको भन्दै अपारदर्शी ढंगले काम गरेको पाइए दोषीलाई कारबाही हुने चेतावनी दिइन् ।
कार्यक्रमका सहभागी समाजसेवीहरुले समाजका पीछडिएका वर्गको सेवा र उनीहरुको हितका निम्ति परिषद जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
यो वर्ष ‘आत्मासाक्षी राखी मन, वचन र कर्मले सेवा गरौं’ भन्ने मूल नारा राखिएको छ ।





प्रतिक्रिया दिनुहोस्