काठमाडौं । नेपाली बजारमा सुनको बढेको छ । आज छापावाल सुन तोलाको ५ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा ताेकिएकाे छ । अघिल्लो बुधबार सुन तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको
मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको ३ हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ३४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बिहीबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १४ हजार ५०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८६८ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्