काठमाडाैं ।
नेपालको राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ ।
खेल बंगलादेशको ढाकामा नेपाली समय अनुसार आज बेलुकी पौने ८ बजे सुरु हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षण हरी खड्काले समालेका छन् ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एएफसी एसियन कप छनोटको खेल खेल्न मलेसिया प्रस्थान गर्नेछ । छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोलिविरुद्ध नेपालले आगामी मंगलबार दोस्रो लेग खेल्नेछ ।
एसियन कप छनौटका यसअघिका सबै चार खेल हारेको नेपाल अघिल्लो चरणमा प्रवेश गर्ने संभावनाबाट बाहिरिसकेको छ ।
समुहमा चार खेलबाट १२ अंक जोडेको मलेसिया शिर्ष स्थानमा छ भने ९ अंकसहित भियतनाम दोस्रो तथा ३ अंकसहित लाओस तेस्रो स्थानमा छ । अंकबिहिन नेपाल तलिकाको पुछारमा रहेको छ ।




प्रतिक्रिया दिनुहोस्