Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


कारागारबाट भागेका दुई कैदीबन्दी पक्राउ


182
Shares

काठमाडौं ।
गत भदौ २४ जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका सुजन रसाइली र मकवानपुरको भीमफेदी कारागारबाट भागेका विष्णुलाल थिङलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ रसाइलीले डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेको र थिङले लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेको जानकारी दिए। पक्राउ रसाइली सिन्धुपाल्चोक बाह्रबिसे र थिङ मकवानपुरको बकैया गाउँपालिकाका बासिन्दा हुन्।

प्रहरीले रसाइलीलाई काठमाडौँ महानगरपालिका–६ आरुबारी र थिङलाई कागेश्वरी मनोहरा नगरपालिका–६ ग्रिनहिलसिटीबाट पक्राउ गरेको हो।