काठमाडाैं । नेपालले ब्लाइन्ड महिला टी-२० विश्वकपमा विजयी सशुरूवात गरेको छ।
भारतमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ९ विकेटको पराजित गरेको हो। श्रीलंकाले दिएको ८८ रनको लक्ष्य नेपालले ५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेकाे थियाे । नेपालकी ओपनर मनकेसी चौधरीले सर्वाधिक ६१ रन बनाएकी हुन् । बिनिता पुन १३ रनमा आउट हुँदा सुस्मा तामाङ ४ रनमा अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । श्रीलंकाकी मिहिरानी दुलान्जलीले सर्वाधिक २३ रन बनाएकी थिइन् । नेपालकी कान्ति योगीले सर्वाधिक ३ विकेट लिएकी हुन् । बिनिता पुन र लक्ष्मी लामाले समान एक-एक विकेट लिएका थिए।




प्रतिक्रिया दिनुहोस्