काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यकाे निर्वाचन तोकिएको समयमै सम्पन्न गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ।
सिंहदरबारमा बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले छलफलमा प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल भएको अयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
प्रवक्ता भट्टराईले मतदाता नामावलीमा आजसम्मको प्रगति र गर्नुपर्ने कामहरुका विषयमा सघन छलफल भएको पनि बताउनुभएकाे छ। साथै आयोगले निर्वाचनका लागि हालसम्म गरेका कामहरुबारे प्रधानमन्त्री कार्कीलाई जानकारी गराएको छ। अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य र माग ११ गते राष्ट्रिय सभा सदस्य सदस्यको निर्वाचनको मिति तोकिसकेकाे हाे।




प्रतिक्रिया दिनुहोस्