Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


‘हाम्राे पार्टी एकताका कारण एमालेका अध्यक्ष ओलीकाे सातो गयाे’: सह-संयोजक नेपाल


624
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेकाे सातो गएको टिप्पणी गर्नुभएको छ।

नेपाली कम्युनिष्ट पार्टीमा बुधबार मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गर्नुभयो।

सह-संयाेजक नेपालले आफूहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गाली-गलौजमा उत्रिन आवश्यक नरहेको बताउनुभएकाे छ। आफूहरुलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लाग्ने उहाँको भनाइ थियाे। उहाँले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिनुभएकाे छ।

एकता अभियानप्रति गौरवबाेध गर्नुपर्ने सह-संयाेजक नेपालकाे तर्क थियाे।