काठमाडाैं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ ।
महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।
२०८० सालमा नेपालका चार पार्टी सहभागी भई निर्माण भएको समाजवादी मोर्चा भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्य अनुसार काम गर्न सम्भव नभएको भन्दै अलग भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणाहरूमै व्यापक फेरबदल सँगै मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेको र अब मोर्चाको औचित्य समाप्त भएको निष्कर्ष पनि विज्ञप्तीमा जनाईएको छ ।
सोही निष्कर्षलाई आधार मान्दै नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको बताईएको छ । जानकारी गराउँदछौ ।




प्रतिक्रिया दिनुहोस्