Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै


0
Shares

काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ ।

गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नवगठित नेपाली कम्युनिस्ट पार्टीमा मिसिने सहमति भएको हो ।

समायोजनका लागि आज दिउँसो काठमाडौंमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ आयोजना गरिएको पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिएका छन् ।