Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मधेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरूस्त बनाउन यादवकाे निर्देशन

923
Shares

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्नुभएको छ।

मुख्यमन्त्रीकाे कार्यालयमा मंगलबार पुगेर कार्यभार सम्हाल्दै उहाँले मधेश आन्दोलनका शहीदलाई मधेश रत्नले सम्मानित गर्ने निर्णय गर्नुभएको हो। मुलुकमा संघीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउनुभयो। शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उहाँको आरोप छ।

यहि कार्तिक २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका र कार्तिक २४ गते बिहानै मुख्यमन्त्री पदको पद तथा गाेपनीयताकाे शपथ ग्रहण लिनुभएका मुख्यमन्त्री यादवले मंगलबार मधेश भवनमा पुगेर आफ्नो कार्यभार सम्हाल्नुभएको हो। उहाँले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो।