Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


शेयर बजार आज झिनो अंकले बढ्याे


52
Shares

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार झिनो अंकले बढेको छ।

३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ३ दशमलव २१ अंकले बढेको हो। नेप्से २ हजार ५ सय ६५ दशमलव १६ बिन्दुमा पुगेको छ। पूँजीकरण पनि ० दशमलव १२ प्रतिशतले वृद्धि भएको छ। झिनो अंकले नेप्से बढे पनि १ सय २ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने १४२ वटा कम्पनीको सेयर मूल्य बढेकाे हाे।

सेयर कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ। नेप्सेमा साइन रेसुंगाको डिबेन्चर बिक्री गर्नेले सबै भन्दा बढी नाफा आर्जन गरेका छन् । १० दशमलव २५ प्रतिशत नेपाल एसबीआई डिबेन्चर २०८३ बिक्री गर्नेले सबै भन्दा बढी गुमाएका हुन् । सेयर कारोबारमा बैंकिङ, हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड, निर्जीवन बिमा र व्यापार समूह हरियाली बनेका छन् ।

अन्य समूहको उपसूचक भने नकारात्मक रहेकाे नेप्सेले जनाएकाे छ।