Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


पाकिस्तानको एक जिल्ला अदालतमा विस्फोट हुँदा १२ जनाकाे मृत्यु, २७ घाइते


312
Shares

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ।

साेही विस्फोटमा परी २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले स्थानीय संचार माध्यमलाई जानकारी दिनुभएकाे हाे। उहाँले आत्मघाती विस्फोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थानमा धेरै जिल्ला अदालतहरू रहेको समेत बताउनुभयाे।

प्रहरी र उद्धार टोलीहरू तत्काल घटनास्थलमा पुगी शव तथा घाइतेहरूलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ। घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।