Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


नेपाली सेनाका २ जना प्रमुख सेनानी महासेनानी दर्जामा बढुवा


4.1k
Shares

काठमाडाैं । सरकारले नेपाली सेनाका दुई जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदकाे बैठकले यस्तो निर्णय गरेको हो। साेही मन्त्रीपरिषद बैठकका निर्णय मंगलबार सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमसिए–नेपालले निर्माण गर्ने ४ सय केभी विद्युत प्रशारणलाइनको लागि आवश्यक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, तनहूँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत प्रशारणलाइनको मध्य रेखाबाट २३ मिटर दायाँ र २३ मिटर बायाँमा पर्ने करिब १ हजार ३ सय ८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँका अनुसार सरकारले जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, सरकारले भारतको विशाखापटनम्मा यहि कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने ३० औं पार्टनरशीप समिट, २०२५ मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने गरेको छ।