Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ


767
Shares

काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथग्रहण लिनुभएकाे छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार दिउँसाे एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख कर्णलाई शपथग्रहण गराउनुभएकाे हाे। सरकारले सुमित्रा सुवेदी भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमबार बसेको मन्त्रीपरिषद बैठकले बर्खास्ती गरेको थियो । साथै मन्त्रीपरिषदकाे बैठकले सोमबार नै कर्णलाई नियुक्त गरेको थियो।

साेही समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको रहेकाे थियाे।