Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै छ’: नेता श्रेष्ठ

४ वर्ष अघि एमाले छाेड्ने निर्णय ठिक नभएको निष्कर्षमा

715
Shares

काठमाडाैं। नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य एमालेसँग मात्रै रहेको बताउनुभएको छ।

एमालेले काठमाडौंमा साेमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषण सभामार्फत पार्टीमा समाहित हुँदै उहाँले यस्तो बताउनुभएको हो। आजको दिन आफ्नो लागि एकदमै भावनात्मक र ऐतिहासिक क्षण भएको उहाँको भनाइ छ। नेता श्रेष्ठले विभिन्न कारणले चार वर्ष अगाडि एमाले छोडेकाे भएता पनि पछिल्लो समय आफ्नो उक्त निर्णय ठिक नभएको निष्कर्षमा पुगेको भन्दै आत्मआलोचना गर्नुभयो। उहाँले एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको दावी समेत गर्नुभएकाे छ।

उहाँले भन्नुभयो,-‘आज यो क्षण हाम्रो राजनीतिक जीवनको अत्यन्तै भावनात्मक र ऐतिहासिक मोड हो । चार वर्ष अगाडि हामी विभिन्न कारणले एमालेबाट अलग भएर अर्को बाटो रोज्यौं । त्यो निर्णय त्यो बेलाको परिधिमा ठिक आगेपनि पछिल्लो समय त्यो निर्णय ठिक थिएन भन्ने निष्कर्षमा पुगेका छौं । एमाले छोडेपछि हामीले बुझ्यौं यो पार्टी एउटा संगठन मात्रै होइन । एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह हो । एमालेले देशलाई संविधान दिएको छ, संघीयत र लोकतान्त्रिक दिशा दिएको छ । आजको कठिन आर्थिक र राजनीतिक अवस्थाबाट देशलाई निकास दिने सामथ्र्य पनि एमालेसँग मात्रै छ । अध्यक्ष कमरेडको दृढता, अटलता र देशप्रतिको समर्पण आजपनि लाखौं युवाका लागि प्रेरणा बनेको छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको दृढता, अटलता र देशप्रतिको समर्पणका कारण आज लाखौं युवाका लागि प्रेरणा बनेको नेता श्रेष्ठकाे दावी थियाे ।