Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


जेनजी आन्दाेलनले देशलाई दशकौं पछाडि धकेल्योः महासचिव पोखरेल

प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके लोकतन्त्र सही दिशामा अघि बढ्न सक्दैन

104
Shares

काठमाडाैं । नेकपा एमाले महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौं पछाडि धकेलेको बताउनुभएको छ।

काठमाडाैंमा साेमबार ‘घर फर्क राष्ट्रिय अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाउनुभयो । यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने उहाँकाे भनाइ छ। प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने उहाँले जिकिर गर्नुभयो।

महासचिव पोखरेलले प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको बताउनुभयो । राजनीतिक दलहरु छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको उहाँले बताउनुभएकाे छ। उहाँले अहिलेको अवस्थामा आगामी फागुन २१ गते निर्वाचन हुन नसक्ने बताउनुभयो ।

महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताउनुभयो । एमाले वैचारिक र राजनीतिक रुपमा स्पष्ट रहेको उहाँकाे भनाइ छ ।