Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


राष्ट्र बैंकले कुमारीसहित २ बैंकलाई नियम उल्लघंन गरेको भन्दै गरायो सचेत


1k
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले दुई बैंकलाई सचेत गराएको छ।

नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई नियम उल्लघंन गरेको भन्दै सचेत गराएको हो।
राष्ट्र बैंकले कालोसूचिमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनैपनि किसिमको बैंकिङ्ग कारोबार गर्न नपाउने व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंकलाई सचेत गराएको जनाएको छ ।

यता, प्राइम कमर्सियल बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा वक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्क –२०१५ बमोजिम जोखिम भार गणना नगरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

राष्ट्र बैंकका अधिकारीहरुले भने यो कारबाहीलाई आफ्नो नियमित काम कारबाहीका रुपमै अथ्र्याएका छन् ।