काठमाडाैं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ।
निर्वाचन आयोगकाे कार्यालयमा साेमबार बिहान पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति रअपनाउनुपर्ने सावधानीकाे बारेमा पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।
साेही छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ र पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको थियाे।




प्रतिक्रिया दिनुहोस्