Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मुख्यमन्त्री नियुक्ति विवाद : असन्तुष्ट समूहद्वारा कर्मचारी कुटपिट, कार्यालयमा तोडफोड


1.1k
Shares

काठमाडौं ।
मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् ।

असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्दै कार्यकक्षमा रहेका कर्मचारीमाथि समेत कुटपिट गरेका हुन् ।

एक भिडियोमा फाइल जोगाउन खोजिरहेका एक पुरुष कर्मचारीमाथि भिडले आक्रमण गरेको देखिन्छ । उनलाई मुक्काले हानेपछि फाइल भुइँमा खसेको र अर्को सहकर्मीले उनलाई भीडबाट निकालेको दृश्य देखिन्छ ।

विवादपछि मधेश भवन अगाडि प्रदर्शनकारीहरूले टायर बालेर आक्रोश प्रकट गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।