Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त


0
Shares


काठमाडाैं ।

मधेश प्रदेशमा नेकपा एमाले, संघीय समाजवादी र राप्रपासहितको संयुक्त सरकार गठनगरिएको छ ।

ठूलो दलको हैसियतमा एमालेका नेता सरोज कुमार यादव नियुक्त भएपछि उहाँको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।

आज बिहान गराईएको सपथ ग्रहणअनुसार एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा सरकारका मन्त्री नियुक्त भएका छन् ।

उनीहरुको मन्त्रालय तोकिएको छैन । स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गर्नुभएकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरी बर्दिबासको पानस होटलमा शपथ खुवाएपछि उनको आलोचना भइरहेको छ ।

हिजो आइतबारको मितिमा यादवलाई प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आज बिहानमात्रै बर्दिबासको पानस होटेलमा शपथ गराउनुभएको थियो । प्रदेश सभामा विश्वासको मत प्राप्त नहुनेभएपछि यसअघिका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजिनामा दिनुभएको थियो ।