Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपाली कम्युनिष्ट पार्टी समाजको आमूल परिवर्तनको दिशामा लाग्ने नेता पाण्डेकाे दावी


676
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरुको पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्ने बताउनुभएको छ।

निर्वाचन आयोगमा आइतबार दल दर्ताका लागि आवश्यक कागजातहरु पेश गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो। उहाँले १० वटा कम्युनिष्ट घटकहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै जेनजीले उठाएका मागमा आफूहरुको पूर्ण समर्थन रहेको बताउनुभयो । उहाँले १९ गते दल दर्ताका लागि निवेदन दिएको र आवश्यक कागजातहरु अहिले पूर्ण रुपमा ल्याएर बुझाएको बताउनुभएकाे छ।

यहि कार्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको वाम एकता भएको थियो ।