काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबै भन्दा धेरै सिट जित्ने दावी गर्नुभएको छ।
निर्वाचन आयोगमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले आफूहरु आगामी निर्वाचनमा १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने पनि बताउनुभयो । नेता जनार्दन शर्माकाे बारेमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले छुटेको रेलमा विस्तारै घुम्तिका स्टेशनहरुमा चढ्ने टिप्पणी गर्नुभयो। आफूहरु जेनजी युवाका माग पूरा गर्न र जनतालाई जोड्ने काममा लाग्ने पनि उहाँले बताउनुभयो ।
नेता पुनले आफूहरु एक भएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभएकाे छ।




प्रतिक्रिया दिनुहोस्