Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


मधेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न कार्यवाहक मुख्यमन्त्री सोनलकाे माग


338
Shares

काठमाडाैं । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गर्नुभएकाे छ।

मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल कांग्रेसलाई समेत साथमा लिएर नयाँ सरकार गठनका लागि पहल थालेको हो। सोनलसँगै कांग्रेस संसदीय दलका नेता कृष्ण यादव, नेकपा माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, जनता समाजवादी पार्टीनेपालका प्रमुख सचेतक रामअशिष यादव, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्त पार्टीकी उर्मिला देवी सिंह प्रदेश प्रमुख भण्डारीसँग भेट गरेर संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।

कार्यवाहक मुख्यमन्त्री सोनलका अनुसार अहिले १ सय ७ सदस्यीय प्रदेशसभामा करिब ८५ जना सांसदले आफूहरूको पक्षमा समर्थन जनाएको छ।