Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


मधेश प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाईमा राजनीति गरेकाेप्रति लोसपाको प्रदर्शन


273
Shares

काठमाडाैं । मधेश प्रदेशका प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाई गरेर राजनीति गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु विरोधमा उत्रिएका छन्।

प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तै राजनीति गर्न खोजिरहेको भन्दै लोसपाका नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रदेश प्रमुख विरुद्ध नारावाजी गर्दै मधेशको प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । लोसपाका नेता सुरेन्द्र झाले मुख्यमन्त्री जितेन्द्र सोनलले सभामुखले संसदीय मर्यादा विपरित सदन सञ्चालन गर्नुभएको र विश्वासको मत लिने वातावरण नदेखेर मत विभाजनअघि नै राजीनामा गर्नुभएको थियो ।

त्यसैले प्रदेश प्रमुखले तत्काल संविधानको धारा १६८ को उपधारा २ बमोजिम तत्काल सरकार गठनका लागि आह्वान गर्नुपर्ने भएपनि प्रदेश प्रमुख दलीय कार्यकर्ता जस्तै भूमिका निर्वाह गरिरहेको नेता झाले आरोप लगाउनुभयो । लोसपाका नेताहरुले आफूहरुसँग स्पष्ट बहुमत रहेको दावी गरेका छन् ।