Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


नेपालमा पनि बंगलादेश र म्यानमारमा जस्तो चुनाव हुन नदिने सिलसिला शुरू भयोः अध्यक्ष ओली

नेपालमा अधिनायकवाद शुरू भएको टिप्पणी

351
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अधिनायकवाद शुरु भएको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हो। अध्यक्ष ओलीले बंगलादेश र म्यानमारमा अधिनायकवादीहरुले चुनाव गर्ने नाममा त्यसको मिति सार्दै गएको दृष्टान्त पेश गर्दै नेपालमा पनि त्यहीं सिलसिला दोहोर्याउन खोजिएको जिकिर गर्नुभयो । मुलुकलाई फेरि पनि द्वन्द्वमा फर्काउने प्रयास भइरहेकाले त्यसलाई अन्त्य गर्न आफूहरु लागि परेको समेत उहाँकाे भनाइ छ।

अध्यक्ष ओलीले जेनजी पुस्ताको नाममा मुलुकलाई द्वन्द्वमा फसाउने प्रयास भइरहेको समेत दोहोर्याउनुभयो ।