Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


कस्मेटिक्स कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु


624
Shares

एजेन्सी ।

टर्कीएको उत्तरपश्चिमी कोकाली प्रान्तमा रहेकाे कस्मेटिक्स कारखानामा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।

अर्का एक जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

गभर्नर इल्हामी अक्तासको कार्यालयबाट प्राप्त विज्ञप्तिअनुसार दिलोवासी जिल्लाको सुविधा केन्द्रमा आगलागी भएको थियो । आपतकालीन कलपछि धेरै अग्नि नियन्त्रक टोलीहरू पठाइएको थियो ।

आगो अन्ततः नियन्त्रणमा ल्याइएको छ । अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरेका छन् ।