Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


युक्रेनमा फेरी रुसी हमला, ६ जनाको मृत्यु


390
Shares

काठमाडौं ।
युक्रेनमा रुसले गरेको भिषण हवाई हमलामा परि कम्तिमा ६ जना मारिएका छन् । युक्रेनको ऊर्जा पूर्वाधार र आवासीय क्षेत्रहरुमा रुसले सयौं क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो ।

डनिप्रो शहरको एक अपार्टमेन्ट भवनमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । जापोरिझिया शहरमा तीन जनाको मृत्यु भएको छ ।

राजधानी कीभसहित युक्रेनभरि जम्मा २५ ठाउँमा मिसाइल तथा ड्रोन हमला भएको हो । रुसले उर्जा पूर्वाधारहरु ध्वस्त बनाउँदा युक्रेनका जनता बिजुली र ताप बिना कठोर जिवन बिताउन बाध्य छन् । रूसी रक्षा मन्त्रालयका अनुसार उनीहरुको सेनाले रातधर ७९ वटा युक्रेनी ड्रोनहरू खसालेको छ । उता, युक्रेनी वायु सेनाले रूसले ४५० भन्दा बढी विस्फोटक बमवर्षक ड्रोनहरू र ४५ वटा मिसाइलहरू प्रहार गरेको बताएको छ ।