Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरूरीः प्रधानमन्त्री कार्की

आगामी निर्वाचन सफल बनाउन कार्कीकाे आह्वान

0
Shares

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल बस्न लायक छ भनेर ढुक्क हुने अवस्था निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ।

काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले सरकार अहिले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । निर्वाचनमार्फत दिगो लोकतान्त्रिक प्रक्रियामा मुलुक अगाडि बढाउने र यहीं नै गरीखान सकिन्छ भन्ने आशा जगाउँदै त्यसका लागि उपयुक्त वातावरण बनाउन प्रयासरत रहेको रसमेत उहाँले बताउनुभएकाे छ।

निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने भन्दै डराउने नभइ आत्मविश्वासका साथ अगाडि बढ्न समेत उहाँले आह्वान गर्नुभयो । प्रधानमन्त्री कार्कीले आज भन्दा भोलि राम्रो बनाउने उद्देश्यका साथ सबैले हातेमालो गरेर देश बनाउन लाग्नुपर्नेमा पनि जाेड दिनुभयाे ।