Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


मधेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा

समर्थन गरेका दलभित्रको विवादले एक महिना नपुग्दै मधेशमा सोनलको पदच्यूत

4.1k
Shares

काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिनुभएको छ।

विश्वासको मत लिनका लागि शनिबार मधेश प्रदेशसभाको बैठक बसेको थियो । तर बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल गत असोज २९ गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

६ राजनीतिक दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दावी पेश भएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। विश्वासको मत लिने क्रममा माओवादी केन्द्रका दुई सांसदले विद्रोह गरेपछि मुख्यमन्त्री सोनालले विश्वासको मत नपाउने संकेत देखिएको थियो । १ सय ७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो।