Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


काठमाडौंमा एक व्यक्तिको कोठाबाट २ लाख बढीको धनमाल चोरी


715
Shares

काठमाडौं । काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिको कोठाबाट शुक्रबार करिब २ लाख रुपैयाँ बढीको धनमाल चोरी भएको छ।

भोजपुर घर भई काठमाडौं महानगरपालिका-१६, बाईसधारामा बस्ने ४० वर्षीय उमेश राईको कोठाबाट करिब २ लाख २८ हजार ५ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएकाे हाे।

चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी कार्य भइरहेकाे प्रहरीले बताएकाे छ। साेही घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे हाे।