Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


उद्योग-व्यवसायमा देखिएका कानूनी अवरोध हटाउने काम पहिलाे प्राथमिकतामा: मन्त्री सिन्हा


156
Shares

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरुलाई अघि बढाउनका लागि आवश्यक कानूनी अवरोधहरु हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

काठमाडौंमा शनिबार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले वर्षाैंदेखि अडकिएर बसेका उद्योगहरुको फाईल आफूले अघि बढाउनका लागि सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसलाई सहज ढंगले अघि बढाउन अन्तर मन्त्रालयबीचको सहजीकरणमा पनि जोड दिने बताउनुभयो । मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भूमिका खेल्न नहुने कुरामा पनि आफू स्पष्ट रहेको समेत बताउनुभएकाे छ।

मन्त्री सिन्हाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताउनुभयो ।