Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरूरीः मुख्यसचिव अर्याल


52
Shares

काठमाडाैं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले युवा केन्द्रित आर्थिक रणनीति अपनाउन जरुरी रहेको बताउनुभएको छ।

काठमाडौंमा शनिबार महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकासलाई मूल मन्त्र ठानेर आन्दोलन गरे मात्रै सफल भइने बताउनुभयो । उहाँले रोजगारी र अवसर सिर्जनाको निर्णयमा अब छलाङ मार्नुपर्ने जरुरी रहेको बताउनुभएकाे छ। उहाँले आन्तरिक रोजगारी बढाउने र विदेश जानुपर्ने बाध्यता कम गद लैजानुपर्ने बताउनुभयो ।

मुख्यसचिव अर्याले युवाको आकंक्षा र राज्यको क्षमताबीचमा ठूलो अन्तर रहेको बताउँदै यसकाे बारेमा आम नागरिकलाई बुझाउन जरुरी रहेको बताउनुभएकाे छ। शासन र सेवाप्रति अपेक्षा बदलिएकाले अब विगतमा गर्न नसकिएका कुराहरु गर्न जरुरी रहेको समेत उहाँले बताउनुभयो ।

मुख्यसचिव अर्यालले नेपालको विकासको मोडल फरक हुनुपर्ने बताउनुभयो । तीनै तहको सरकारबीच समन्वय हनु नसक्दा पनि विभिन्न समस्याहरु आइरहेको जिकिर गर्नुभएकाे छ। कति वटा सरकारसँग निजी क्षेत्रले डिल गर्ने भन्नेकुराको पहिचान हुन नसकेको उहाँले बताउनुभयो ।

भिन्न-भिन्न ढंगले गरिने विकासले नेपाललाई समृद्ध बनाउन नसक्ने उहाँकाे भनाइ छ।