Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कांग्रेसद्वारा पूर्वमन्त्री आलमको निधनप्रति शोक प्रस्ताव पारित

पार्टी कार्यालय बन्द गरेर झण्डा आधा झुकाउने

949
Shares

काठमाडौं। नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनमा पार्टी कार्यालय बन्द गर्ने भएको छ।

पार्टी मुख्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार तीन वटै तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। नेता आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले शनिबारदेखि ३ दिनसम्म तीनै तहका पार्टी कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय पनि गरेको उहाँको भनाइ छ।

त्यसैगरी स्वर्गरोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय बैठकले गरेको हो। नेता आलमको शनिबार बिहान ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।